मुसहर बस्तीमा कम्बल वितरण
बर्दिबास । महोत्तरीको बर्दिबासमा कम्बल वितरण गरिएको छ ।

तराईमा बढ्दो शितलहरलाई मध्यनजर गर्दै बर्दिबास नगरपालिका–१२ अभिमान टोलस्थित मुसहर बस्तीमा न्यानो कम्बल वितरण गरिएको हो ।

लायन्स क्लब रौतहट र लायन्स क्लब बर्दिबासको सहयोगमा मुसहर बस्तीका अतिविपन्न परिवार र एकल महिला लगायत २६ घरधुरीलाई फाइबर कम्बल वितरण गरिएको सहयोगी संस्थाले जनाएको छ ।
आइतबार उनीहरुलाई प्रदेशसभा सदस्य शारदादेवी थापाले कम्बल वितरण गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्