प्रतिनिधिसभाको बैठकमा सभामुखको पहिलो सम्बोधन (पूर्णपाठ)

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा पहिलो सम्बोधन गर्नुभएको छ ।
सम्बोधनका क्रममा उहाँले जनताप्रतिको उत्तरदायित्व र जबाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसात् गर्नु आफ्नो प्राथमिक दायित्व रहेको बताउनुभएको छ ।
बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्नुहुँदै उहाँले दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने बताउनुभयो ।
सभामुख घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरूबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा समेत गर्नुभएको छ ।
उहाँले सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएको भन्नुहुँदै यो पदको गरिमा र साखको अभिवृद्धि गर्नु संवैधानिक दायित्व हो भन्ने कुरामा आफू सदैव सचेत र क्रियाशील रहने बताउनुभयो ।
प्रतिनिधिसभाको बैठकमा सभामुखको पहिलो सम्बोधन(पूर्णपाठ):








प्रतिक्रिया राख्नुहोस्