तपाईँ सुन्दै हुनुहुन्छः

भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्समा साङ्गीतिक कार्यक्रम

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्सको सन्दर्भमा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत शुक्रवार यहाँ आयोजित साङ्गीतिक कार्यक्रमा सहभागी हुनुभयो ।

‘कुटुम्ब ब्याण्ड’ ले आफ्ना विविध प्रस्तुति गरेको सो समारोहमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उपस्थिति रहेको थियो । त्यसैगरी परराष्ट्रमन्त्री विमला राई पौड्याल, पूर्वमन्त्री हिसिला यमी, सांसद, यहाँस्थित कूटनीतिक नियोगका पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका भारतीय नागरिक लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा संक्षिप्त मन्तय व्यक्त गर्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल र भारत सांस्कृतिक रुपमा समान रहेकाले ती देशका पारम्परिक एवं लोक संस्कृति झल्किने साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button