तपाईँ सुन्दै हुनुहुन्छः

विधि र पद्धति विपरीतका कुनै पनि कार्य हुँदैन : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विधि र पद्धति विपरीतका कुनै पनि कार्य नगर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लामिछानेले सांसद रामहरि खतिवडाले फरार रहेका सांसदबारे उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै विधि र पद्धतिभन्दा बाहिर गएर कुनै कदम नचाल्ने बताउनुभयो ।

उहाँले कर्मचारी सरुवा र बढुवामा हुने गरेका कुनै पनि किसिमका भनसुन हटाई विधि सम्मत तरिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सांसद रामहरी खतिवडाले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीतर्फ इंकित गर्दै प्रश्न उठाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button