सल्यानका एक दम्पती भारतमा बन्धक
सल्यान । सल्यानका एक दम्पत्ती भारतको एक घरमा बन्धक भएका छन् ।

रोजगारीको शिलशिलामा भारतको हिमाचल प्रदेशको रुडु पुगेका सल्यान सिद्ध कुमाख गाउँपालिका १ माथिल्लो बाझँकाडाँ का २२ वर्षीय भेषराज बुढाथोकी र २३ वर्षीया श्रीमती टिका बुढाथोकी भारतको एक घरमा बन्धक भएका हुन ।
१७ तोला सुन चोरेको आरोप लगाउँदै प्रहरीमा रिपोर्ट गरे पनि प्रहरीले समेत चोरी नगरेको पुष्टि भइसक्दा समेत घर मालिकले दुवैलाई नजरबन्दमा राखेको उनीहरूका आफन्तले जानकारी दिएका छन् । ३७ लाख रुपैयाँ नबुझाएसम्म नछोड्ने बताइएको आफन्तहरूको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्