तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकमको सेवा अवरुद्ध

काठमाडौँ I नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ । 

कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ । टेलिकमको वेबसाइट पनि खुल्न सकेको छैन । देशभरका उपभोक्ताले टेलिकममा के भएको हो रु भनेर जिज्ञासा राखिरहेको भएपनि टेलिकमले हालसम्म कुनै जानकारी दिएको छैन । 

आज दिउँसो १२ बजेदेखि नेटवर्कमा समस्या देखिएको गुनासो उपभोक्ताहरूले सामाजिक सञ्जालमा गरिरहेका छन् । तर यस विषयमा नेपाल टेलिकमले भने कुनै आधिकारिक जानकारी दिएको छैन । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button