तपाईँ सुन्दै हुनुहुन्छः

चिसोबाट बच्न १३४ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ का १ सय ३४ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो बढ्दै गएपछि ६ नम्बर वडाको पहलमा ६० वर्ष माथिका एकल महिला लगायत १ सय ३४ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । वडाध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका ज्येष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो । 

शनिवार वडा कार्यालयमा  ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार ६८ वर्ष माथिका ४३ जनालाई न्यानो ज्याकेट, ६० वर्ष माथिका ६७ जनालाई मफलर र टोपी र २४ जना एकल महिलालाई स्विटर वितरण गरिएको छ ।

फरक क्षमता भएका (अपाङ्ग) व्यक्तिहरूलाई पनि केही दिनमा न्यानो कपडा वितरण गरिने वडाध्यक्ष खड्काको भनाई छ । चालू आवको लक्षित वर्ग सम्मान कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले लक्षित वर्ग कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि,सीप हस्तान्तरण लगायत ज्येष्ठ नागरिकलाई सम्मानको कार्यक्रम राखेका छौ । छुटेका अन्य ज्येष्ठ नागरिकले वडामा सम्पर्क राख्न सकिने छ ।” 

जुम्लाको बढ्दो कठ्याग्रिदो चिसोमा वडा सरकारले न्यानो कपडा दिँदा राहत मिलेको ज्येष्ठ नागरिकहरूले बताएका छन् ।  जुम्लाका ६० वडाध्यक्ष मध्य दोहोरिने वडाध्यक्ष तातोपानी ६ का विशाल खड्का एक मात्र हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button