तपाईँ सुन्दै हुनुहुन्छः

सम्झौताको दुई वर्षमा पनि जडान भएनन् स्मार्ट सडक बत्ती

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन । विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागसँगको सहकार्यमा काम गर्ने गरी सम्झौता भएको थियो ।

file photo

सम्झौता भएको ४५ दिनबाट काम सुरु गर्ने भने पनि सुरुको एक वर्ष कोरोना महामारीको कारण काम अघि बढाउन नसकेको कामपाको भनाइ छ । कोरोनाको त्रास कम भएपछि भने कामपाले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्ने जस्ता विषयमा विवाद हुँदा थप काम अघि बढ्न नसकेको हो ।

सहमति पत्रअनुसार कामपा क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्ती कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात कामपाको ६० र प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ । कामपाको अधिकार क्षेत्रभित्र पर्ने सडकको जम्मा ६० किलोमिटर क्षेत्रमा यस किसिमको बत्ती जडान गर्न सम्झौता भएको थियो ।

सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, महाराजगञ्ज चोकसम्म, पुतलीसडक, शीतल निवास लगायतका क्षेत्रमा पहिलो चरणमा करिब रु १२ करोड लगानीमा एक हजार सात सय सय थान आधुनिक सडक बत्ती जडानको कार्य अघि बढाउने भनिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button