विमान दुर्घटनाको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्नुभएको छ ।
दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्रीले प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ।
दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गर्नुभएको छ। दुर्घटना लगत्तै प्रचण्डले आजै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ।
यसैबीच पोखरामा भएको बिमान दुर्घटनाबारे यथासक्दो उद्धारका लागि मातहतका निकायलाई गृहमन्त्री रवि लामिछानेले निर्देशन दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्