तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा कृत्रिम घटना अभ्यास सम्पन्न

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका पिप्रा खेल मैदानमा भूकम्प र आगलागी जस्ता विभिन्न विपद्को घटनाले पार्ने र त्यसबाट बच्नका लागि गरिने उपायसम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ ।

शनिबार जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको आयोजना रामधुनी र दुहबी नगरपालिका तथा गढी गाउँपालिकाको समन्वयमा कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो ।

सुनसरीका विभिन्न स्थानमा सुख्खा मौसमका साथै जाडोको बेला बालिने आगो कारण भइरहेको आगलागी र त्यसपछि हुने विपद्को असर, प्रभाव, नोक्सानी तथा उद्धार, उपचार र राहतको प्रक्रियाबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कृत्रिम घटना अभ्यास गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिले एक दिवसीय कृत्रिम घटना अभ्यास कार्यक्रममा केही घर निर्माण गरी भूकम्प र केही फुसको घर बनाएर विद्युत् सर्ट भएर भएको आगलागीको घटना गराएर त्यसको असर, क्षति, घाइतेको उद्धार, उपचार र मृतक खोज तथा शव सङ्कलन लगायतको अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button