कर्णालीको सभामुखका लागि दुई जनाको उम्मेदवारी

सुर्खेत । कर्णाली प्रदेशको सभामुख पदका लागि दुई जनाको मनोनयन दर्ता भएको छ ।
सत्ता गठबन्धनबाट नेकपा एमालेका नन्दा गुरुङ र प्रतिपक्षबाट नेपाली काँग्रेसका खड्गबहादुर पोखरेलले आज मनोनयन दर्ता गराउनुभएको हो ।
४० सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन मध्ये नेकपा माओवादी केन्द्रका–१३, नेकपा एमालेका–१०, राप्रपा र नेकपा एकीकृत एसका १÷१ गरि २५ सांसद छन् भने काँग्रेससँग १४ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।
पोखरेल प्रत्यक्षबाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक कोटाबाट सांसद बन्नुभएको हो ।
सभामुखको निर्वाचन आइतबार बिहान ११ः०० बजे हुनेछ ।
सत्तारुढ दलबीच भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो ।
कुनै अनहोनी नभए जीतका लागि सत्तारुढ दलहरूको मत पर्याप्त रहेकाले कर्णाली प्रदेशको सभामुखमा गुरुङ विजयी हुने निश्चित देखिन्छ ।
उहाँ विजयी भएमा सङ्घीयताको इतिहासमा पहिलो प्रादेशिक सभामुख बन्ने सौभाग्य गुरुङलाई प्राप्त हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्