मधेश प्रदेशको सभामुख पदमा मण्डल र रायको उम्मेदवारी

जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभाको सभामुखका लागि दुई जनाको आज उम्मेदवारी परेको छ ।
सभामुखका लागि नेकपा एमालेबाट प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली काङ्ग्रेसबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
मण्डल धनुषाको निर्वाचन क्षेत्र नंं १(ख) बाट नेकपा एमालेबाट निर्वाचित तथा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ भने राय नेपाली कांग्रेसका तर्फबाट सर्लाही २(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका प्रदेशसभाका सदस्य हुनुहन्छ ।
मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका संसदीय दलको नेता भरत साह, जनमतको संसदीय दलको नेता महेश यादव, लोसपाका रानीशर्मा तिवारी लगायतका रहेका रहनुभएको छ ।
यस्तै, कांग्रेसका उम्मेदवार रायको प्रस्तावकमा कुमरकान्त झा र जिवछी देवी यादव रहनुभएको छ ।
प्रदेशसभाको बैठकबाट माघ २ गते मधेश प्रदेशको सभामुख पदका लागि निर्वाचन हुने मिति यसअघि नै तय गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्