मुसहर बस्तीका विपन्न र एकल महिला तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको मुसहर बस्तीका विपन्न र एकल महिला तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ ।

शीतलहर र जाडोबाट प्रभावित अतिविपन्न २७ मुसहर परिवारलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कम्बल प्रदान गर्नुभएको हो ।

शुक्रबार इनरुवा नगरपालिका ९ बबियाका विपन्न र एकल महिला तथा ज्येष्ठ नागरिकलाई प्रजिअ यादवले ३० वटा कम्बल प्रदान गर्नुभएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

अति आवश्यक देखिए अन्य ठाउँका विपन्नलाई पनि सहयोग गर्न प्रशासन तयार रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्