त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश
काठमाडौँ । नेपाल एपिएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै काठमाडौँमा जारी सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनतिसपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आर्मीले एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह ‘बी’ को विजेता बनेको हो । हारका बाबजुद एपिएफ समूह उपविजेता बनेको छ ।
यस नतिजासँगै महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले साविक विजेता होङ्गान्जी न्यु डायमन्ड यूथ स्पोर्ट्स क्लबसँग तथा उपविजेता एपएिफले समूह ‘ए’ को विजेता पुलिससँग खेल्नेछ । दुवै सेमिफाइनल शनिबार हुनेछ ।
अर्को पुरुष खेलमा साविक विजेता त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ ।
आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । विभागीय नेपाल एपिएफ क्लब पनि सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्