तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेश : मुख्यमन्त्री यादवसँगै चार मन्त्रीद्वारा शपथ

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज आयोजित समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष उहाँले पथ तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिनुभएको थियो । 

मुख्यमन्त्री यादवको सिफारिस नियुक्त तीन  बिना विभागीयमन्त्रीले पनि आजै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । नवनियुक्त तीन मन्त्रीहरू नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी ९जसपा० का सञ्जय यादव र जनमत पार्टीका वसन्तप्रसाद कुशवाहाले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।  

सत्ता गठबन्धन दल र दुई सदस्यसहित ६३ जनाको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि समर्थन गर्ने तयारी गरेको जनाइएको छ । नौ सदस्य रहेको लोसपाले समर्थन गरेमा उहाँलाई ७२ सदस्यको समर्थन हुनेछ । 

शपथग्रहण समारोहमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जसपा प्रतिनिधिसभा संसदीय दलका नेता रामसहायप्रसाद यादव, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलगायत नेता तथा सरकारी अधिकारीको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button