तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रिपरिषद् विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँहरूबीच मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

सरकारले विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार लगायत समसामयिक राजनीतिक विषयमा शीर्ष नेता र सत्ता गठबन्धनका दलबीच छलफल हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button