तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत लिनुहुने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोलि अर्थात् शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । 

एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङसहित ३३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका अधिकारीले शुक्रबार बस्ने गण्डकी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको हो । 

अधिकारी संविधानको धारा १६८ (२) अनुसार पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । 

मुख्यमन्त्री अधिकारीले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई भेटेर विश्वासको मत माग्ने तयारी समेत गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button