चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैँडा मृत भेटिए
चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा र पाटेबाघ मृत भेटिएका छन् ।
बुधबार निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कोर क्षेत्रस्थित चम्पा सालघारीको नारायणी नदी किनारमा अन्दाजी १५ वर्षको पाटेबाघ मृत फेला परेको हो ।
बुधबार सो क्षेत्रमा ३ः२० बजे निकुञ्जको नियमित गस्ती टोलीले भाले बाघ मृत अवस्थामा भेटेको निकुञ्ज कार्यालयले जनाएको छ ।
यस्तै, निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कुछुवानी पोष्टको कार्यक्षेत्रमा लिङ्ग पहिचान नभएको गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । गैँडाको खाग र खुर सुरक्षित छ ।
अन्दाजी पाँच वर्षको गैँडा बुधबार बिहान ११ बजे गस्ती टोलीले फेला परेको तिवारीले जानकारी दिनुभयो । उक्त गैँडा बाघको आक्रमणबाट मरेको हो भने बाघ बुढो भएर प्राकृतिक कारणले मरेको तिवारीको भनाई छ ।
योसँगै चालु आर्थिक बर्ष २०७९÷०८० मा ८ वटा गैँडा मरेका छन् भने बाघ मरेको पहिलो घटना हो ।








प्रतिक्रिया राख्नुहोस्