तपाईँ सुन्दै हुनुहुन्छः

काबुलमा भएको आत्मघाती बम विस्फोटमा पाँच जनाको मृत्यु 

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको विदेश मन्त्रालय अगाडि भएको आत्मघाती बम विस्फोटमा ५ जना भन्दा बढीको मृत्यु भएको छ ।

प्रहरीले मृत्यु हुनेको सङ्ख्या ५ रहेको बताएपनि एक तालिबान स्रोतका अनुसार विस्फोटमा २० जना सम्मको मृत्यु भएको हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

हिजो (बुधबार) स्थानीय समय अनुसार दिउँसोको ४ बजे बम बोकेर एक व्यक्ति विदेश मन्त्रालय प्रवेश गर्न खोजेको र प्रवेश गर्न नसक्दा भवन अगाडि नै विस्फोटन गराएको तालिबान अधिकारीलाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

उक्त क्षेत्रमा चीन, टर्की, लगायतका धेरै राष्ट्रहरूका दूतावास पनि रहेका छन् । इस्लामिक स्टेट आतङ्ककारी समूह आइएसले विस्फोटनको जिम्मा लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button