तपाईँ सुन्दै हुनुहुन्छः

एमाले नेता राजेन्द्र रावल सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार रावललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

रावललाई एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका छन् ।

५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ । रावलको समर्थनमा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक गरी २९ सांसद पुगेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button