विराटनगर सुपर किंग्स नेपाल टी–ट्वान्टी क्रिकेट लिगको फाइनलमा
काठमाडौं । विराटनगर सुपर किंग्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा मङ्गलवार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।
विराटनगर सुपर किंग्सले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो । त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
अब विराटनगरले फाइनलमा लुम्बिनी अल स्टारसँग खेल्नेछ । पहिलो क्वालिफायरमा जित निकाल्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरिसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्