तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्रीमा जसपाका यादव निश्चित, हस्ताक्षर सङ्कलन

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादवको पक्षमा हालसम्म ६३ जना प्रदेश सभाका सदस्यहरुले हस्ताक्षर गर्नुभएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशमा कुनै एक दलको बहुमत नभएको भन्दै नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारका लागि आह्वान गरेपछि आज बेलुकासम्ममा प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहितको पत्र लिएर जान लागेको जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादवले जानकारी दिनुभयो ।

मधेश प्रदेश सभामा रहेका १०७ सदस्यमध्ये हालसम्म जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीका लागि समर्थन गर्दै हालसम्म ६३ भन्दा बढी प्रदेश सभाका सदस्यहरुले हस्ताक्षर गर्नुभएको श्रोतले जनाएको छ ।

मधेश प्रदेशमा तेस्रो ठूलो दलको रुपमा रहेको जनता समाजवादी पार्टीका १६ जना, नेकपा एमालेका २३ जना, जनमत पार्टीका १३ जना, नेकपा माओवादी केन्द्रका ८ जना, नागरिक उन्मुक्ति पार्टीका १, राप्रपाका १ जना, स्वतन्त्र प्रदेश सभाका सदस्य सुणिता कुमारी साह गरेर ६३ जनाको हस्ताक्षर भइसकेको छ ।

सरकार गठनका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ ।

सरकार गठनको दाबी पेश गर्न प्रदेश प्रमुखले पुस २८ गतेसम्मको समय तोक्नुभए पनि दुई दिन अगाडी नै दाबी पेश गर्दै २८ गते नयाँ बन्ने मुख्यमन्त्रीको शपथ ग्रहणको लागि तयारी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button