तपाईँ सुन्दै हुनुहुन्छः

लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।

लोसपाका सांसद शरत्सिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी (लोसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । यसअघि लोसपा संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार दिएको थियो । 

लोसपाको प्रतिनिधिसभामा चार सांसद हुनुहुन्छ । प्रधानमन्त्री दाहालले केही बेरपछि प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनुहुने कार्यसूची छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button