तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगर नगरपालिकाको नवौं नगर सभा सम्पन्न

कपिलवस्तु । हिउँदे सभा अन्तरगत कपिलवस्तुको कृष्णनगर नगरपालिकाको नवौं नगर सभा सम्पन्न भएको छ । सभाले नगर प्रहरी, सार्वजनिक सम्पत्ति नियमन, छाडा चौपाया व्यवस्थापन लगायतका विभिन्न नीति पास गरेको छ ।

सभाको नगर प्रमुख रजत प्रताप शाहले उद्घाटन गर्नुभएको थियो । मेयर शाहले छाडा चौपाया व्यवस्थापनमा पहल नगरले नीति बनाएर नै व्यवस्थापन गर्ने बताउनुभयो । नगरपालिकाका मेयर शाहले नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा जोड दिएको बताउनुभयो । उहाँले नगरपालिकाको जुनसुकै वडामा भएको विकासलाई साझा विकासका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर बढाउन सबै चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले कृष्णनगर नगरपालिको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

शिक्षाको गुणस्तर कायम, स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार, बस पार्क व्यवस्थापन, सार्वजनिक क्षेत्रको अतिक्रमण हटाउन, नगरबासीको शान्ति सुरक्षा स्थापना लगायतको प्रस्ताव नगर सभाबाट पारित गरिएको छ । नगर प्रहरीको दरबन्दी स्वीकृत गरी चालू आर्थिक वर्षबाटै परिचालन गरिने थप योजनाबारे नगरसभामा प्रस्तावहरू नगरसभाबाट पारित भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले बताउनुभयो ।

त्यस्तै चालू आर्थिक वर्षमा चालू आ.ब. २०७९/८० मा नगरपालिकाको रु ७६ करोड ३२ लाख मध्ये रु ४४ करोड २७ लाख खर्च भएको भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सभामा नगरपालिकाको न्यायिक समितिको कार्य प्रगति विवरण, आर्थिक समिति लगायत विभिन्न समितिका संयोजकहरूले आआफ्नो प्रगति विवरण पेश गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button