परशुराम नगरपालिकाका प्रमुखद्वारा देशभरका स्थानीय तहका प्रमुखलाई निम्तो

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि नगर प्रमुख र गाउँपालिका अध्यक्षलाई निमन्त्रणा गर्नुभएको छ ।
माघे सङ्क्रान्तिको अवसरमा परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन देशभरका स्थानीय तहका प्रमुखलाई निम्तो दिनुभएको हो ।
मकर सङ्क्रान्ति पर्व परशुराम नगरपालिका वडा नं. ५ महाकाली नदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तन लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ ।
नगर प्रमुख जोशीले सबै स्थानीय तहका प्रमुखलाई निमन्त्रणा पठाउँदै पर्वमा सहभागिताका लागि आग्रह गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्