तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते 

सुर्खेत । कर्णाली प्रदेशसभामा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ । 

प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले प्रदेशसभा २०७९ को नियमावली ७ बमोजिम निर्वाचनको मिति तोक्नु भएको हो । 

सोमबार प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठकमा ज्येष्ठ सदस्य शाहले प्रदेश सभाको नियमावली, २०७९ को नियम ७ को उपनियम १ बमोजिम सूचना प्रकाशन गर्न प्रदेश सचिवालयलाई निर्देशन दिनु भएको छ । 

सत्ता साझेदार दलहरू बीच भएको सहमति अनुसार सभामुख नेकपा एमाले र उपसभामुख नेकपा माओवादीले लिने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button