माओवादी केन्द्र संसदीय दलको बैठक : प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्देशन दिएको हो ।

बैठकमा विश्वासको मतका लागि सबै दललाई आह्वान गर्ने र विश्वासको मतका लागि अन्य दल र दलका सांसदहरूसँग पनि कुरा गर्न सांसदहरूलाई निर्देशन दिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
प्रमुख सचेतक पाण्डेले बैठकमा सांसदहरूलाई संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे समेत प्रशिक्षण दिएको बताउनुभयो ।
बैठकमा माओवादी संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि सबै दलसँग कुरा गरेको जानकारी गराउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्