तपाईँ सुन्दै हुनुहुन्छः

भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु

कायरो। इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम सादले विज्ञप्तिमार्फत जनाएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।शनिबार यस्तै दुर्घटनामा उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा तीन तले भवन भत्किँदा दुई युवाको मृत्यु भएको थियो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button