तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सचेतना सम्बन्धी सन्देश प्रसारण गर्ने सम्झौता

काठमाडौँ । रेडियो नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबीच रेडियो नेपालबाट विभिन्न स्वास्थ्य सचेतना सम्बन्धी सन्देश प्रसारण गर्ने सम्झौता भएको छ ।  

सम्झौता अनुसार रेडियो नेपालबाट हरेक मङ्गलवार अपराह्न ६ः२५ देखि ६ः४० सम्म १५ मिनेटको “स्वास्थ्य गतिविधि“ कार्यक्रम र हरेक बुधवार अपराह्न ६ः२५ देखि ६ः४० सम्म १५ मिनेटको “जन स्वास्थ्य“ कार्यक्रम प्रसारण हुनेछ । त्यसैगरी, स्वास्थ्य सम्बन्धी सचेतनामूलक सूचना सन्देश प्रसारण गरिनेछ ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के सी र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल राज शर्माले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button