बाँकेको खजुरामा पनि दादुरा भेटियो
नेपालगञ्ज । बाँकेको खजुरामा पनि दादुराका बिरामी भेटिएका छन् ।
नेपालगञ्जमा दादुराको प्रकोप बढेका बेला खजुरा गाउँपालिकामा समेत संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार खजुरा गाउँपालिका वडा नम्बर ६ मा ११ वर्षीय बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । नेपालगञ्जमा भने संक्रमण बढ्दो छ । नेपालगञ्जमा हालसम्म ६३ जना दादुरा संक्रमित बालबालिका भेटिएका छन् ।
नेपालगञ्जमा अहिले खोप लगाउने काम भइरहेको छ । खोप अभियान सुरु भएको दुई दिनमा नेपालगञ्जका वडा नम्बर ५, ७ र ८ का १२५८ बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहाानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्