तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा एक वर्षमा मानवअधिकार सम्बन्धी ६० घटना 

सल्यान । सल्यानमा एक वर्षको अवधिमा मानवअधिकार सम्बन्धी ६० वटा घटना भएका छन् । 

नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२३ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

इन्सेक प्रतिनिधि मीना बुढाथोकीले महिला अधिकारका ३९ वटा, बाल अधिकारका १६ वटा, बाँच्न पाउने अधिकारका ३ वटा र नागरिक तथा सामाजिक अधिकारका २ वटा घटना भएको जानकारी दिनुभयो । 

घरेलु हिंसाका १७ वटा, कुटपिटका २ वटा, बलात्कारका ७ वटा, बलात्कार प्रयासका दुईवटा, बहुविवाहका १० वटा र बोक्सी आरोपको एउटा घटना भएका छन् । 

यस्तै बाल अधिकारतर्फ बलात्कारका १२ वटा, बाँच्न पाउने अधिकारतर्फ हत्या, एसिड प्रहार र ज्येष्ठ नागरिकलाई घर निकालाका एक÷एकवटा र कुटपिटका दुईवटा घटना भएको बुढाथोकीले जानकारी दिनुभयो  ।

१० वटा पालिका मध्ये सबैभन्दा धेरै शारदा नगरपालिका र कम बागचौर नगरपालिकामा मानवअधिकारसम्बन्धी घटना भएको इन्सेकले जनाएको छ । जसमा शारदा नगरपालिकामा एक वर्षको अवधिमा १२ वटा घटना भएका छन् भने बागचौर नगरपालिकामा एउटा मात्रै घटना भएको छ । यस्तै कपुरकोट गाउँपालिकामा आठ, बनगाड कुपिण्डे नगरपालिका र त्रिवेणी गाउँपालिकामा सात÷सातवटा, कुमाख गाउँपालिका र कालीमाटी गाउँपालिकामा छ/छ वटा, दार्मा गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा पाँच÷पाँचवटा र सिद्ध कुमाख गाउँपालिकामा तीनवटा घटना भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मानवअधिकार सम्बन्धी घटनामा कमी ल्याउन सबै क्षेत्रको प्रयास आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button