तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा उद्योग दर्ता गर्ने क्रम बढ्दै 

डडेल्धुरा । डडेल्धुरामा उद्योग दर्ता गर्ने क्रम बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ । 

घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको तथ्याङ्क अनुसार जिल्लामा उद्योग दर्ता क्रम बढ्दै गएको हो । 

विशेष गरेर कृषि, पशुपालनका फर्म बढी दर्ता हुने गरेका छन् ।  जिल्लामा आर्थिक बर्ष २०७६÷७७ मा पाँच सय १० उद्योग दर्ता भएका छन् । जसमा एक सय ३६ जनाले तालिम लिएका छन् । 

३२ जनालाई प्रविधि सहयोग गरिएको छ  भने तिन सय ५६ वाणिज्य फर्म दर्ता भएको कार्यालयका प्रमुख केशव सिंह भण्डारीले जानकारी गराउनुभयो । 

कार्यालय प्रमुख भण्डारीका अनुसार २०७७÷७८ मा नौ सय ६२ उद्योग दर्ता भएका छन् । ती मध्ये तिन सय २६ जनाले तालिम लिएका छन् ।

एक सय तीन जनालाई प्रविधि सहयोग गरिएको छ भने वाणिज्यतर्फ तीन सय १३ फर्म दर्ता भएका छन् । 

यस्तै आर्थिक बर्ष २०७८÷७९ मा सात सय तीन उद्योग दर्ता भएका छन् । जसमा दुई सय ५५ जनाले तालिम लिएका छन् भने ४८ जनालाई प्रविधि सहयोग गरिएको छ । दुई सय २१ फर्म भने वाणिज्यतर्फ दर्ता भएका छन् । 

जिल्लामा चालू आर्थिक वर्षको पाँच महिना मङ्सिरसम्म भने दुई सय ३७ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय डडेलधुराले जनाएको छ । जसमा ७१ जनाले तालिम लिएका छन् भने वाणिज्यतर्फ ९७ फर्म दर्ता भएका छन् । 

जिल्लामा उद्योग दर्ता गर्नेमा पुरुषभन्दा महिलाहरूको सङ्ख्या बढी रहेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । 

महिलाका नाममा उद्योग दर्ता भए ५० प्रतिशत राजश्व छुट हुने, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूले सहुलियतमा कर्जा दिने भएकाले पनि महिलाका नाममा अहिले उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button