तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक जारी

काठमाडौँ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक सुरु भएको छ । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सङ्घीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएपछि त्यसकै तयारीका लागि सर्वदलीय बैठक बताउनुभएको हो । बैठक अहिले जारी रहेको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सचेतक र संसदीय दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदहरूलाई बोलाइएको छ ।  

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका विषयमा छलफल गर्ने जानकारी संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button