तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्डलाई अनेरास्ववियूको बधाई

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा शुभकामना दिएको छ ।

सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा आएको विद्यार्थी टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई कार्यकाल सफलताको शुभकामना दिएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य भएको र यसमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सो सङ्गठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयका कुलपति हुनुहुन्छ ।

अनेरास्ववियूका अध्यक्ष पराजुलीका अनुसार सो अवसरमा वाम एकतालगायत समसामयिक राजनीतिक विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button