तपाईँ सुन्दै हुनुहुन्छः

जसपाको मधेश प्रदेश संसदीय दलको विधान पारित 

जनकपुरधाम  । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित गरेको छ । 

बैठकमा प्रदेश सभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यहरूको उपस्थितिमा विधान पारित गरेको हो ।  

भोलि सम्ममा संसदीय दलका नेता चयन गर्ने कार्यक्रम रहेको जसपाले जनाएको छ  । 

पार्टीको केन्द्रीय समितिले मधेश प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लाल किशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले प्रदेशसभाका सदस्यहरूसँग छलफल तथा परामर्श गरिरहेको छ ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टीमा प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ जना प्रदेशसभाका सदस्यहरु रहेका छन् । 

संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र राम अशिष यादवको नाम चर्चामा रहेको छ । शुक्रबार नेता चयन गर्न सर्वसम्मति निर्णयका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने समितिले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button