माओवादी निर्वाचन पूर्वको प्रतिबद्धतामा अडिग रहन नसक्दा गठबन्धन टुट्यो : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन पूर्वको प्रतिवृद्धतामा गठबन्धनका सहयात्री दलहरू अडिग रहन नसक्दा गठबन्धन टुटेको र त्यसमा नेपाली काँग्रेस नेतृत्वको मात्रै दोषी नरहेको बताएको छ ।
नेपाली काँग्रेसले आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेकपा माओवादी निर्वाचन पूर्वको प्रतिवृद्धतामा अडिग रहन नसक्दा गठबन्धन टुटेको बताएको हो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनमा अपेक्षाकृत नतिजा नआए पनि सन्तोषजनक परिणाम प्राप्त भएको हुनाले सोही गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा गठबन्धनका दलहरूले प्रतिबद्धता जनाएका हुनाले नेपाली काँग्रेसले सरकार गठनका अन्य विकल्पहरूमा पहल नगरेको बताउनुभयो ।
प्रवक्ता डा.महतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारको नेतृत्व दिएर गठबन्धन बचाउने विकल्पबारे छलफल गर्ने र निष्कर्षमा पुग्ने पर्याप्त समय नेपाली काँग्रेसले नपाएको बताउनुभयो ।
प्रवक्ता महतले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरू बीच विचारमा एकरूपता नदेखिएको र अवसर केन्द्रित गठबन्धन भएको बताउनुभयो ।
प्रवक्ता महतले नेपाली काँग्रेसले आगामी दिनमा संसद्मा सशक्त प्रतिपक्षको भूमिका खेल्ने र आगामी निर्वाचनमा थप सफलता हासिल गर्ने गरी जनतामाझ जाने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्