तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता एवं विपन्न व्यक्तिलाई सहायक सामग्री वितरण

विराटनगर | विराटनगर महानगरपालिकाले अपाङ्गता एवं विपन्न व्यक्तिका लागि सहायक सामग्री वितरण गरेको छ ।

विराटनगर–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा मङ्गलवार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सहायक सामग्री वितरण गर्नुभयो । महानगरले १९ वटै वडामा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने योजना बनाएको छ ।

सोही योजनाअनुसार आजदेखि वितरण सुरु गरिएको हो । प्रदेश–१ सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको सहकार्यमा महानगरले ह्वील चियर, ह्वाइलेट चियर, सिपी चियर, वाकर वितरण गरेको हो ।

कार्यक्रममा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर ५ का अध्यक्ष तथा महानगरका प्रवक्ता सन्तोष न्यौपाने, १० नम्बर वडाका अध्यक्ष अर्जुन गिरी, वडा सदस्य अन्जु दाहाल, महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि लगायतले सहायक सामग्री वितरण गर्नुभएको थियो ।

१ देखि १९ नम्बर वडाका ११० जना अपाङ्गता तथा विपन्न व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button