तपाईँ सुन्दै हुनुहुन्छः

यातायात कार्यालयमा उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री श्रेष्ठको अनुगमन र निरीक्षण 

काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आज यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन, निरीक्षण र छड्के जाँच गर्नुभएको छ ।

अनुगमनको क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही र सर्वसाधारणका गुनासा सुन्दै अन्तरक्रिया समेत गर्नुभएको उहाँकाे सचिवालयले जानकारी दिएकाे छ । साथै उहाँले सेवालाई प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीहरुलाई निर्देशन पनि दिनुभएको छ ।

सेवा दिने समय बढाउन, छिटो छरितो ढंगले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । कहिकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उहाँले बताउनुभयो ।

एकान्तकुनाको अनुगमनपछि उहाँ यातायात कार्यालय ठुलो भर्‍याङ र गुर्जुधारामा समेत पुगी अनुगमन र निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button