अत्यधिक चिसो बढेपछि चार दिनका लागि विद्यालयमा बन्द गर्ने निर्णय
सप्तरी । सप्तरीमा अत्यधिक चिसो बढ्नुका साथै शीतलहर समेत चल्न थालेपछि सप्तरीमा पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन् ।
अग्निसाईर कृष्णासवरण गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गरेर पालिकामा रहेका विद्यालयहरूमा आज देखि शुक्रवारसम्म चार दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले बताउनु भयो ।
यस्तै जिल्लाकै सुरुङ्गा नगरपालिकाले समेत नगर भित्रका सम्पूर्ण सामुदायीक विद्यालयहरु आजदेखि चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्