तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको नेपालगञ्ज –कोहलपुर सडक अवरुद्ध

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज –कोहलपुर सडक अवरुद्ध भएको छ । 

ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका हुन् । 

नेपालगञ्जको कारकाँदो, धम्बोझी लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अवरुद्ध भएको छ । घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो । 

दैलेख घर भई हाल नेपालगञ्जमा अध्ययन गरिरहेका १८ बर्षीय रत्नबहादुर दर्लामीलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button