तपाईँ सुन्दै हुनुहुन्छः

कुटपिट बाट घाइते भएका पौडेलको उपचारको क्रममा निधन

सिन्धुपाल्चोक। कुटपिट बाट घाइते भएका सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ का ७४ वर्षीय मुक्तिनाथ पौडेलको उपचारको क्रममा निधन भएको छ ।

गत शनिबार सोही ठाउँका राजाराम रायमाझीले हानेको धारिलो हतियार बाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा गएराति निधन भएको परिवारले जनाएको छ । शनिबार रायमाझीको कुटाइबाट ६० वर्षीय ईश्वरी पौडेल र बर्ष ३० को गंगा पौडेल गम्भीर घाइते भएका थिए । घाइतेको हेलिकप्टर मार्फत उद्धार गरि थप उपचारका लागी काठमाडौँ लगिएको थियो ।

अहिले अन्य २को अवस्था सामान्य रहेको परिवारले जनाएको छ । प्रहरीले निर्घात कुटपिट गरि गोठमा लुकीछिपी रहेको अवस्थामा रहेका रायमाझीलाई सहिदिन पक्राउ गरेको थियो ।घटना बारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button