तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बेवारिसे तीन बालकको उद्धार

भद्रपुर, झापा। झापाको बुद्धशान्ति गाउँपालिका– ३ बुधबारे बजारबाट प्रहरीले तीनजना बेवारिसे बालकको उद्धार गरेको छ ।

हिजो दिउँसो बुधवारे बजारमा तीनजना बालक बेवारिसे अवस्थामा रहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ वर्षीय एन्जल लिम्बू, ११ वर्षीय सुशील लिम्बू र १० वर्षीय होमन्च मगरलाई उद्धार गरेको हो ।

उद्धार गरिएका तीनैजना बालकलाई जनप्रतिनिधि र स्थानीय पत्रकारहरूको सहयोगमा इटहरीमा रहेको अस्थायी संरक्षण केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button