तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा चिसो बढेसँगै अजयमेरु गाँउपालिकाका सबै विद्यालयमा एक महिना बिदा

डडेल्धुरा । डडेल्धुरामा केही दिनयतादेखि चिसो बढ्न थालेको छ । 

पश्चिमी बायुको प्रभावका कारण चिसो बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखा फिल्ड कार्यालय डडेलधुराले जनाएको छ ।

कार्यालयका प्रमुख श्याम सुनारका अनुसार जिल्लाको न्यूनतम तापक्रम घटेर २ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । 

चिसो बढे पनि तत्काल हिमपातको सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।  

यसैगरी, डडेल्धुराको अजयमेरु गाउँपालिकाले पालिका भित्रका विद्यालयहरूलाई एक महिना हिउँदे बिदा दिइएको छ । 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले सूचना जारी गर्दै पुस १७ गतेदेखि माघ १९ गतेसम्म हिउँदे बिदा दिइएको जानकारी दिनुभयो । 

मङ्सिर १९ गते बसेको प्रधानाध्यापकहरूसँगको बैठकले गरेको निर्णयअनुसार बिदा दिइएको जारी सूचनामा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button