तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु दिवसमा गुफाडाडामा मेलम्चीको कार्यपालिका बैठक 

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले मेलम्ची ९ गुफाडाडामा आफ्नो कार्यपालिका बैठक तथा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न गरेको छ । 

नगरपालिकाले आज जलवायु सम्मेलन पार्क, गुफा डाँडामा बैठक सम्पन्न भएको हो ।

उक्त स्थानमा २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जिल्ला समन्वय समितिले प्रथम जलवायु सम्मेलन गरेको थियो । त्यसपछि  प्रत्येक बर्ष जलवायु सम्मेलन दिवस मनाइँदै आएको थियो । गत बर्ष दिवसको अवसर पारेर रेस्लिङ खेल आयोजना गरेको थियो । 

यो बर्ष भने मेलम्ची नगरपालिकाले कार्यपालिका बैठक गरेको हो । जलवायु दिवसमा मेलम्ची ९ गुफाडाडामा यस बर्ष नगरपालिकाले कार्यपालिका र विपद्  व्यवस्थापन समितिको बैठक गरेको छ । 

यसअघि जिल्ला समन्वय समितिले दिवस मनाउँदै आएकोमा यस बर्ष कार्यक्रम नगरेकाले नगरले बैठक राखेर दिवस आगामी वर्षदेखि नगरकै नेतृत्वमा सचेतना मुलुक कार्यक्रम आयोजना गरेर गर्ने निर्णय गरिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

यस बर्ष केही समय पछि बृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो ।

गुफाडाडा पर्यटकीय स्थलको रुपमा विकसित हुँदै गएकाले थप पूर्वाधार , सहज सडक तर्फ नगरले ध्यान दिने उप प्रमुख उमा प्रधानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button