विविधतामा एकतायुक्त समाज नै नेपालको राष्ट्रिय पहिचान : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विविधतायुक्त समाज नै नेपालको विशिष्ट पहिचान भएको हुनाले यसको संरक्षण र विकास गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
तमु ल्होसारका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले विविधतामा एकतायुक्त समाज नै नेपालको राष्ट्रिय पहिचान भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा परापूर्व काल देखी बसोबास गर्दै आएका विभिन्न जातजाति र धर्म संस्कृतिका व्यक्तिहरू बीचको एकता जोगाउन सके मात्रै नेपालको राष्ट्रिय पहिचान जोगाउन सकिने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले तमु समुदायमा प्रचलनमा रहेको पात्रो नेपालका प्राचीन पात्रोहरू मध्ये एक भएको बताउनुहुँदै यसको संरक्षणका लागि आवश्यक प्रबन्ध गर्न सरकार तयार रहेको पनि बतउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्