तपाईँ सुन्दै हुनुहुन्छः

 तेलको अधिकतम मूल्य तोक्ने राष्ट्रहरूलाई तेल नबेच्ने रुसको घोषणा

काठमाडौं । रुसले तेलको अधिकतम मूल्य तोकेका पश्चिमा राष्ट्रहरूलाई तेल नबेच्ने घोषणा गरेको छ । 

जी ७मा आबद्ध राष्ट्रहरू, अस्ट्रेलिया र युरोपेली सङ्घले डिसेम्बर ५ देखि लागू हुने गरी तेलको अधिकतम मूल्य तोकेका थिए । 

तोकेको मूल्य अनुसार रुसबाट आउने तेलको अधिकतम मूल्य प्रति ब्यारल ६० अमेरिकी डलर तय गरिएको थियो ।

रुसले अधिकतम मूल्य तोक्ने कुनै राष्ट्रलाई पनि तेल नबेच्ने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button