तपाईँ सुन्दै हुनुहुन्छः

बिल बिजक भन्दा बढी सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज । बिल बिजक भन्दा बढी लाखौँ मूल्यको खुद्रा, हार्डवेयर तथा औषधी सामाग्री बोकेको ट्रक प्रहरीले गएराति वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जको घण्टाघरस्थित सडक खण्डबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्दा नेपाल रोड क्यारियर ट्रान्सपोर्टबाट पठाइएको ट्रकमा बिल बिजक शङ्कास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई चेकजाँचको क्रममा ९४ लाख २१ हजार मूल्य बराबरको खुद्रा, हार्डवेयर तथा औषधीजन्य सामाग्रीहरू फेला गरेपछि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एव डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button