तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ का सांसदहरुको शपथ आज

काठमाडौं । प्रदेश–१ को प्रदेश सभा सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ लिदैछन् ।

शपथ ग्रहणका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई दिउँसो साढे १२ बजे शपथग्रहण गराउनु हुनेछ । त्यसपछि दिउसो साढे १ बजे सांसदहरुको लागि पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम राखिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाका ९३ सदस्यमध्ये पाँच जनाले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button