तपाईँ सुन्दै हुनुहुन्छः

ईश्वरपुरमा  विपन्न परिवारलाई न्यानो कपडा वितरण 

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । वडा नं १,३ र वडा नं ९ गरि  १ सय जना विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । 

ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यको पहलमा  बागमती सेवा समाज नेपालले ईश्वरपुरका विपन्न नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरेको हो ।

इस्लामिक रिलिफ नेपाल ईश्वरपुर नगरपालिका तथा बागमती सेवा समाज नेपालको समन्वयमा नगर प्रमुख आचार्य तथा वाग्मती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले विपन्न परिवारलाई न्यानो कपडा वितरण  गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button