भरतपुरमा डोजर चल्यो(भिडियो)
भरतपुर I चितवनको नारायणगढ–गोन्द्राङ छ लेनको सडक बिस्तारका लागि घरटहरा भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सडक क्षेत्रभित्र परेका घरटहराहरु आज शुक्रबारदेखि भत्काउन सुरु गरेको हो । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि नारायणगढको पुल्चोकबाट भत्काउन सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले बताउनुभयो । यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काइने उहाँले जानकारी दिनुभयो । रासस





![राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशन [LIVE]](https://radionepalonline.com/wp-content/uploads/2026/06/raswopamahadhibesan-390x220.jpg)


प्रतिक्रिया राख्नुहोस्